सृजना साकोसको २१ औं स्थापना दिवसमा रक्तदान

आदर्श अनलाइन, पोखरा
सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीको २१ औं स्थापना दिवसका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीले आफ््नो स्थापना दिवस तीन दिनसम्म विविध कार्यक्रम गरेर मनाएको हो । सहकारीले पहिलो दिन जाल्पादेवि मन्दिरमा सरसफाई, दोस्रो दिन नयाँ वर्षको शुभकामना आदान प्रदान र तेस्रो दिन रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको संस्थाले जनाएको छ । संस्थाले २१ औ स्थापना दिवसको अवसरमा जाल्पादेवी बहुउद्देश्यीय समितिले निर्माण गर्दै गरेको किरियापुत्री भवनका लागि २१ हजार नगद सहायोग समेत गरेको छ ।

रक्तदान कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले सहकारीले समाजमा रहेर सामाजिक कामलाई प्रथामिकतामा राखेर कार्यक्रमहरु गरेकोमा धन्यबाद दिनुभयो । उहाँले सृजना महिला साकोसले महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा मात्र नभएर सामाजिक रुपमा आफ्नो पहिचान स्थापित गर्नका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । बरालले रक्तदान जिवनदान भएकाले मानिसहरुले समय समयमा आफ्नो स्वास्थ्यको ख्याल गर्दै रक्तदान गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा नेफ्स्कुनका सञ्चालक कमला देवी गिरी, संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहाकार सृजना बराल, निर्वतमान अध्यक्ष पवित्रा केसी, जाल्पा देवी बहुउद्देश्यीय समितिका अध्यक्ष विश्व बिजुक्षे र सरसफाई अभियन्ता बलराम बरालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

No description available.

कार्यक्रममा संस्थाका अध्यक्ष सुष्मा पहारी बरालको अध्यक्षता, उपाध्यक्ष शारदा जिसीको स्वागत, सचिव तारा केसीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *