लखन सहकारीद्वारा कुखुरा तथा बंगुर पालन तालिम सम्पन्न

आदर्श अनलाइन, बागलङ
लखन बहुउद्देश्यीय सहकारी सँस्था बागलुङ लि. बागलुङको आयोजनामा एक दिने कुखुरा तथा बंगुर पालन तालिम सम्पन्नभ एको छ । आशीर्वाद एग्रो फिड्स ईन्डस्ट्रिज कावासोती नवलपरासीको प्राविधिक सहयोगमा एक उक्त तालिम सम्पन्न भएको हो । तालिमको आशीर्वाद एग्रो फिड्स ईन्डस्ट्रिजका पोषण विशेषज्ञ डा. सागर आचार्र्यले सहजीकरण गरेका थिए ।

कार्यक्रममा ५० जना कुखुरा तथा बंगुर पालक व्यवसायीको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष कुशुम बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आशिर्वाद एग्रो फिड्स ईन्डस्ट्रिजका बजार निर्देशक दिपेन्द्र लम्सालले स्वागत गरेका थिए ।

कार्यक्रममा लखन बहुउद्देश्यीय सहकारी सँस्थाका कोषाध्यक्ष तेजेन्द्र बहादुर थापाले संस्थामा आबद्ध भई व्यवसाय गर्दा व्यवसायीलाई सहुलियत दरमा दाना उपलब्ध गराउनुका साथै उच्चस्तरीय प्राविधिक सहयोग पाएर नाफाको सुनिश्चितता हुने बताए ।

कार्यक्रममा रुची पोल्ट्री प्रालीका बजार निर्देशक गोविन्द बास्तोला तथा पशु विज्ञ केन्द्र बागलुङका प्राविधिक अधिकृत गजेन्द्रराज पन्तले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सन्तोष प्याकुरेलले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *