चुनाव केन्द्रित बन्यो एमाले : रेशमा सम्पर्क कार्यालय स्थापना


–आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गतिविधिलाई तिब्रता दिएको छ ।

नेकपा एमालेले निर्वाचनका गतिविधिलाई बढाउन बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।



रेश नुन्थला माध्यामिक विद्यालय नजिकैको एक घरमा शनिबार नेकपा एमालेका पोलिटव्यूरो सदस्य, गण्डकी प्रदेश सह–इन्चार्ज तथा संघीय सांसद मन कुमारी केसीले नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि बोल्दै एमाले नेतृ केसीले नेकपा एमालेले आफ्नो कार्यकालमा गरेका राम्रा काम जनता सामु लगेर जानुपर्ने बताउनुभयो । उहाँले एमालेको नेतृत्व र विकासको योजना देखेपछि एमालेप्रतिको जनलहर बढिरहेको बताउनुभयो ।

निर्वाचनको गतिविधि बढाउनका लागि एमालेको सम्पर्क कार्यालय स्थापना गरिएको काठेखोला गाउँपालिका–७ रेश वडा कमिटिका अध्यक्ष भूमिराज गौतमले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *