आदर्श अनलाइन, स्याङ्जा
स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आइतबार बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय विर बहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।
दुर्घटनामा चालक सहित ६ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चालक सहित ३ जनालाई उपचारका लागी पोखरातर्फ पठाइएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ३ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ । डाडाखर्कबाट वालीङतर्फ आउँदै गरको ग १ ज ७३ ९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको थियो ।