आदर्श अनलाइन, काठमाडौँ
निर्वाचन आयोगले ४६ जिल्लाका लागि आवश्यक पर्ने ९६ लाख ९४ हजार मतपत्र छपाई कार्य सम्पन्न भएको छ ।
आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले यस्तो जानकारी गराएका हुन् ।
आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने जनाएको छ ।
त्यसमध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने ९५ लाख २५ हजार थान मतपत्रको छपाई कार्य सकिएको हो ।