निजी विद्यालयलाई शुल्क वृद्धि नगर्न विद्यार्थी संगठनद्वारा चेतावनी


आदर्श अनलाइन, बागलुङ

बागलुङमा सञ्चालित निजी विद्यालयहरुले ४० प्रशित शुल्क बृद्धिका लागि नगरपालिकामा सिफरिस गरिएको विषयमा बागलुङका विभिन्न विद्यार्थी संगठनहरुले ध्यानआर्कषण भएको जनाएका छन् । आज संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (छैठौँ), समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन धवलागिरी बहुमुखी क्याम्पसले शुल्क वृद्धि नगर्न चेतावनी दिएको छ ।

संगठनको माग विरुद्ध गएर शुल्क वृद्धि गरिएमा विदार्थी संगठनहरुले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले शुल्क बढाउने कार्य संविधानको धारा ३१ बिपरित रहेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न आग्रह गरेका छन् ।

विज्ञप्तीमा संविधानको रक्षा गर्ने दायित्व स्थानीय सरकारको भएतापनि स्थानीय सरकारले शुल्क बृद्धिमा सर्मथन गर्न नहुँने उनिहरुको भनाई छ । मिति २०७९ बैशाख ५ गते बसेको बैठकमा संस्थागत विद्यालय र नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शुल्कमा ४० प्रतिशत भन्दा बढि बृद्धि गर्न नगर शिक्षा समितिमा सिफारिस गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा नेपाल विद्यार्थी संघ बागलुका अध्यक्ष, खडकबहादुर थापा, अखिल क्रान्तिकारी बागलुका जिल्ला इन्चार्ज जिवन शर्मा, अनेरास्ववियू बागलुका संयोजक नविन पौडेल, अखिल (छैठौँ) बागलुका नेता दिलिप बुढाथोकी, समाजवादी विद्यार्थी युनियन बागलुका सचिव सौभाग्य शर्मा, अखिल क्रान्तिकारी बागलुका कार्यबाहक प्रविण सापकोटा, नेपाल विद्यार्थी संघ धवलागिरी बहुमुखी कयाम्पसका अध्यक्ष दिनेश पन्त, धवलागिरी बहुमुखी क्याम्पस बागलुका स्ववियु अध्यक्ष मनबहादुर थापा (मनिष) को हस्ताक्षर रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *