एमालेको चुनावी घोषणापत्रमा सहकारी प्राथमिकतामा उद्यमशीलता र रोजगारी : समृद्धिका लागि सहकारी


आदर्श अनलाइन, बागलुङ
आगामी स्थानीय तह निर्वाचनका लागि तयार गरिएको नेकपा एमालेको चुनावी घोषणापत्रमा सहकारीलाई उच्च प्राथमिकतामा राखिएको छ ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एमालेले शुक्रवार चुनावी घोषणापत्र जारी गरेको हो । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।

उद्यमशिलता र रोजगारी : समृद्धिका लागि सहकारी नारा सहित एमालेले स्थानीय पूँजिको संकलन, उद्यमशिलताको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवी निवारणका माध्यमका रुपमा सहकारीलाई विकास गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

सार्वजनिक–निजी, सार्वजनिक–सहकारी एवं सार्वजनिक–सामुदायिक साझेदारी सम्बन्धी नीति तथा कानुनरुको व्यवस्था गर्ने कार्यक्रम एमालेले अघि सारेको छ ।

सबै पालिकामा विपन्न परिवाको पहिचान गर्ने, गरिबी सम्बन्धी तथ्यांक अद्यावधिक गर्ने र उनीहरुको सहभागितामा उत्पादन सहकारी निर्माण गरेर सहकारीमार्फत गरिवी निवारण गर्न कार्यक्रम एमालेले अघि सारेको छ ।

एमालेले कृषि सहकारीहरुका माध्यमबाट व्यावसायिक कृषिको विकास गर्ने, उत्पादक र उपभोक्ताको हित संरक्षण गर्दै वितरणमा बिचौलियाको वर्चस्व अन्त्य गर्ने कार्यक्रम अघि सारेको छ ।

एमालेले आफ्ना १७ प्रतिबद्धता सहितको घोषणा पत्र सार्वजनिक गरेको हो । गुणस्तरीय शिक्षाको आधार : प्राविधिक शिक्षाको विस्ता र सामुदायिक विद्यालयको सुधार, निरोगी नेपाल, स्वास्थ्य नेपाली, स्वच्छ खानेपानी, सफा वस्ती र राम्रो आनीबानी, आधुनिक उर्जा : उज्यालो पालिका, उन्नत कृषि : किसानको समृद्धि, सहज आवागमनको आधार : दीगो यातायात पूर्वाधार, एकीकृत वस्ती, योजनावद्ध सहकारी विकास ः विकसित पालिका, सुरक्षित आवास एमालेको प्रतिवद्धतामा उल्लेख छ ।

यस्तै औद्योगिकरण र आर्थिक वृद्धि : स्वदेशमै रोजगारी सम्मान र समृद्धि, मौलिक कला र संस्कृति : पर्यटनबाट समृछि, सवल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा, समानताको महिला यात्रा–समाजवाद उन्मुख राज्यको विशेषता, खुशी जेष्ठ नागरिक, सुखी बालबालिका : अपाङ्गमैत्री सबै पालिका, जलवायु अनुकुलन र विपद् व्यवस्थापन : विकास र वातावरण बीच सन्तुलन, समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानवअधिकार, संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय र संस्थागत सुदृढीकरण : योजनावद्ध विकास एमालेको घोषणापत्रका मुख्य प्रतिवद्धता हुन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *