माओवादी केन्द्र सहकारी विभाग प्रमुख देवकोटा एमाले प्रवेश

आदर्श अनलाइन, बागलुङ

नेकपा माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य तथा केन्द्रीय सहकारी विभागका प्रमुख धर्मदत्त देवकोटा नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

अवसरवादी चरित्रको गठबन्धनलाई परास्त गरी आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता र कम्युनिष्ट आन्दोलनलाई जोगाउन जनप्रिय पार्टी एमालेलाई जिताउन आव्हान गर्दै देवकोटा सहितको टिम एमाले प्रवेश गरेको हो ।

नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा नेता देवकोटा प्रवेश गर्नु भएको हो । नेकपा एमाले जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा पार्टीको विधान नीति कार्यक्रम एवं पार्टीका निर्णयहरुप्रति प्रतिवद्ध भई पार्टीले दिएको जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धताका साथ एमाले प्रवेश गरेको देवकोटाले जनाउनु भएको छ ।

काठमाडौं क्षेत्र नं. ४ स्थित बुढानिलकण्ठ नगरपालिका वडा नंं ८ निवासी देवकोटा २०७४ को संघीय निर्वाचनमा उक्त क्षेत्रको बाम गठबन्धनको चुनावी कमाण्डर रहनु भएको थियो ।

नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघका लेखा सुपरीवेक्षण समितिका संयोजक तथा राष्ट्रिय अभिभावक संघका केन्द्रीय अध्यक्ष रहनु भएका देवकोटा नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि नेतृत्वमा रहेर काम गर्दै आउनु भएको छ ।

देवकोटासंगै माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य तथा पूर्व राजदूत लक्की शेर्पा, लेखनाथ नगरपालिकाका पूर्व मेयर सालिकराम पौडेल, माओवादी केन्द्र सहकारी विभागका सदस्य तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सागर ढकाल, बामपन्थी बुद्धिजिवी डा.ल्हाक्पा शेर्पा र कोष बहादुर जिसी एमाले प्रवेश गर्नु भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *