पुनः उम्मेदवार बन्न लोमान्थाङका ८ जना जनप्रतिनिधिले दिए राजीनामा

आदर्श अनलाइन, जोमसोम

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न लोमान्थाङ गाउँपालिकाका ८ जना जनप्रतिनिधिले शुक्रबार राजीनामा दिएका छन् । उनीहरुले गाउँपालिका अध्यक्ष सुवर्णकुमार बिष्ट समक्ष पदबाट राजीनामा दिएका हुन् ।

आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार हुन चाहने जनप्रतिनिधिले निर्वाचन आचारसहिंताको पालना गर्न पदबाट राजीनामा दिनुपर्ने हुन्छ । स्थानीय तहमा आफुले प्राप्त गरेको सेवा सुविधा समेत पालिकालाई हस्तान्तरण गर्नुपर्ने प्रावधान निर्वाचन आचार सहिंतामा उल्लेख छ । स्थानीय तहको निर्वाचन मनोनयपत्र बुझाउने समय दुई बाँकी रहँदा लोमान्थाङका ८ जना जनप्रतिनिधिले पदबाट राजिनामा दिएको लोमान्थाङका प्रशासन प्रमुख विकास केशीले जानकारी दिनुभयाे ।

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न २०७४ सालको स्थानीय तहको निर्वाचनमा लोमान्थाङ गाउँपालिकाबाट निर्वाचित ४ जना वडाध्यक्ष र ४ जना वडासदस्यहरुले पदबाट राजीनामा दिएको प्रशासन प्रमुख केशीले उल्लेख गरे । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि राजिनामा दिनेमा लोमान्थाङ—१ का वडाध्यक्ष पेमा आङ्ग्या गुरुङ ,वडा —२ बाट ङवाङ खेटु गुरुङ ,वडा —३ बाट आङ्ग्या गुरुङ र वडा—४ बाट नम्डु गुरुङ छन् ।

यस्तै राजीनामा दिने अन्य वडासदस्यहरुमा पेमा छिरिन गुरुङ,छिरिङ युटिन गुरुङ,पासाङ छिरिङ गुरुङ र महिला सदस्य काच्र्युङ बिष्ट छन् । राजीनामा दिने वडाध्यक्ष तथा वडासदस्यहरु सबै नेपाली कांग्रेस निटक रहेको प्रशासन प्रमुख केशीले बताउनुभयाे । उनीहरुले स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित भई जनप्रतिनिधिको हैसियतले कार्यसम्पादन गदैआईरहेको र बैशाख ३० गते हुँने निर्वाचनमा उम्मेदवार हुन चाँहेकाले यसअघिको पदबाट राजीनामा दिन परेको पत्रमा उल्लेख गरेका छन् ।

लोमान्थाङमा कांगे्रस निकट जनप्रतिनिधिले पदबाट राजिनामा दिदै आफुले प्रयोग गर्दैआईरहेको सवारी साधन पालिका अध्यक्ष सुवर्णकुमार बिष्टको रोहबरमा पालिकाका स्टोर शाखा प्रमुख कमल कंडेललाई फिर्ता गरेको प्रशासन प्रमुख केशीले जानकारी दिनुभयाे । उनका अनुसार लोमान्थाङमा ४ जना वडाध्यक्षले ४ थान मोटरसाईकल पालिकालाई फिर्ता गरेको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *