हितैषी साकोसको आयोजनामा कार्य कुशलता तथा सिकाइ व्यवस्था कार्यशाला गोष्ठी

आदर्श अनलाइन, पोखरा
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोग र हितैषी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा १ दिने गण्डकी क्लस्टरको १५ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्था कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री काेइरालाले सहकारीको विकासका लागि कर्मचारीको क्षमता वृद्धिका लागि विभिन्न खालका तालिमहरुको आवश्यक पर्ने बताउनुभयो । ऐन नियम विधि पद्धतिलाई व्यवहारमा लागु गर्ने र सदस्यसंग प्रत्यक्ष रुपमा काम गर्ने कर्मचारी रहेको भन्दै सिकाइ गोष्ठीले कर्मचारीलाई आगामी दिनमा काम गर्न सहयोग गर्ने बताउनुभयो ।

कोइरालाले जिल्ला सहकारी संघले पनि विभिन्न समयमा कर्मचारी, संचालक समिति र सदस्यहरुका लागि विभिन्न खालका तालिमहरु आयोजना गरेको समेत कार्यक्रममा जानकारी गराउनुभयो ।
कार्यक्रममा नेफ्स्कुनका सदस्य तथा सेवा विभाग प्रमुख गणेश प्रशाद तिमल्सिना, नेफ्स्कुनका अनुगमन अधिकृत सुर्य प्रसाद तिमिल्सनाले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा सहभागीको तर्फबाट हिमचुली साकोसमा प्रतिनिधि सुमन ज्ञवाली, हातेमाले साकोसका प्रतिनिधी प्रभुराम प्रधान लगायतले भनाई राख्नुभएको थियो ।
कार्यक्रममा हितैषी साकोसका अध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षयता, कोषाध्यक्ष तेज कुमारी गुरुङको स्वागत, सचिव मदन प्रसाद आर्चायको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *