बागलुङमा ४४३० जनशक्ति परिचालन गरिने


आदर्श अनलाइन, बागलुङ

बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्लाको मतदान स्थलमा कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवक गरी ४ हजार ४३० जनशक्ति खटाइने भएको छ ।

१० पालिका रहेको बागलुङमा एक लाख ९३ हजार २२६ मतदाता, २३० मतदान केन्द्र र १०३ मतदान स्थल रहेको छ । निर्वाचनमा म्यादी प्रहरी र नेपाल प्रहरी गरेर एक हजार ७०० बढी प्रहरी, ३०० शसस्त्र प्रहरी र ५०० नेपाली सेना गरी दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।

यस्तै मदतान केन्द्रमा एक हजार १५० कर्मचारी, १० निर्वाचन अधिकृतको कार्यालयमा ९० र ६९० स्वयंसेवक गरी एक हजार ९३० जना कर्मचारी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।

जिल्लामा सुरक्षाकर्मी, स्वयंसेवक, तथा कर्मचारी गरी जम्मा ४ हजार ४३० जना जनशिक्त परिचालन गर्ने जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *