उन्नति सहकार्य लघुवित्तको त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, बागलुङ
उन्नति सहकार्य लघुवित्त वित्तिय संस्थाको आयोजनामा कलष्टर कार्यालय बागलुङको त्रैमासिक लक्ष्य प्रगती समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै केन्द्रिय कार्यालयका विभागिय प्रमुख दामोदर सिग्देलले वित्तिय संस्थाहरुले सबैखालका सुचकहरुमा गुणस्तर कायम गरेर अगाडी बढे मात्र लक्ष्य प्राप्त गर्न सकिने बताउनुभएको छ । उहाँले व्यवसाय वृद्धिका लागि रणनितिक योजना बनाएर अगाडी बढनु पर्ने भन्दै दक्ष कर्मचारी उत्पादन गर्न समय समयमा क्षमता अभिवृद्धी तालिमको आयोजना गर्नुपर्ने बताउनुभयो ।

गोष्ठीमा संस्थाको भावी रणनीति, हाल सम्म प्राप्त गरेको लक्ष्यको समिक्षाको बारेमा छलफल गरिएको थियो । संस्थाको लक्ष्य र उद्देश्य अनुसार ग्राहक मैत्री बन्नको लागि तोकिएको कार्यसम्पदान समयमै गर्न संस्थाका कर्मचारीलाई आग्रह गरिएको थियो ।

गोष्ठिमा बागलुङ कलष्टर प्रमुख जयबहादुर विटालुले त्रैमासिक लक्ष्य, प्रगती, भावी योजना, बैंकिङ कसुर, कर्मचारी अनुशासनको बारेमा प्रशिक्षण गराउनुभएको थियो । कार्यक्रम संस्थाका कलष्टर प्रमुख जयबहादुर विटालुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *