ढोरपाटनको मेयरमा राप्रपाका भण्डारीको उम्मेदवारी


आदर्श अनलाइन, बागलुङ

बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता भएको छ । ढोरपाटन नगरपालिकामा राप्रपाको तर्फबाट निमबहादुर भण्डारीले नगरप्रमुखका लागि आफ्नो उम्मेदवारी दर्ता गराएको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत लालसिंह थापाले जानकारी दिनुभयो ।

यस्तै राप्रपाबाटै वडा नं. ६ को वडा अध्यक्ष सहित वडा सदस्यमा पनि उम्मेदवारी दर्ता भएको छ । वडा नंं. ६ को वडा अध्यक्षमा तुल बहादुर भण्डारी, महिला सदस्यमा मनिषा भण्डारी, खुल्ला सदस्यमा जितबहादुर थापा र मुना भण्डारीको उम्मेदावारी परेको छ । ढोरपाटनमा राप्रपाले बाहेक अन्य कुनै पनि पदमा उम्मेदवारी दर्ता नभएको निर्वाचन अधिकृत थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *