गलकोट नगरपालिकाको मेयरमा गैरे पुनः उमेद्वार

आदर्श अनलाइन, बागलुङ
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको मेयरमा वर्तमान मेयरमा भरत शर्मा गैरे पुनः: उमेद्वार बन्नुभएको छ । ५ दलीय गठबन्धनले साझाँ उमेदवारको रुपमा नेपाली कांग्रेसका नेता भरत शर्मा गैरे लाई अगाडि सारेको हो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी गैरेलाई नेपाली कांग्रेसले टिकट दिए संगैं गठबन्धनका साझा उमेद्वार बन्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।

५ दलिय गठबन्धनको छलफलबाट गलकोट नगरपालिकामा मेयर नेपाली कांग्रेसको भागमा परेको थियो । गलकोट नगरपालिका वडा नम्वर २ निवासी गैरे गत २०७४ सालको स्थानीय चुनावमा गलकोट नगरपालिकाको नगर प्रमुखको निर्वाचित हुनुभएको थियो ।

उहाँले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ५ हजार ८ सय १५ मत सहित विजयी बन्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *