लेखानीमा कांग्रेसका हस्ती चन्द्रकुमार सूर्य चिन्हबाट उम्मेदवार


आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका चन्द्र कुमार पुन नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेको सूर्य चिन्हबाट वडा सदस्य पदमा उमेदवार बन्नु भएको छ । गत निर्वाचनमा नेपाली कांग्रेसबाट सबै भन्दा बढी मत लिएर वडा सदस्य निर्वाचित पुन यसपटक सूर्य चिन्ह लिएर वडा सदस्य पदमा उमेदवार बन्नु भएको हो ।

नेपाली कांग्रेसका हस्ती चन्द्रकुमार पुन एमालेबाट उमेदवार बनेपछि लेखानीमा कांग्रेसलाई समस्या हुने स्थानीय वासी बताउछन् । २०४८ को निर्वाचन पछि नेपाली कांग्रेसको गढका रुपमा रहेको लेखानीमा गत स्थानीय तहको निर्वाचनमा एमालेका उमेदवार चित्रकला छन्त्याल श्रीस विजयी हुनु भएको थियो । सदस्यमा सबै कांग्रेसका उमेदवारले जित्दा एमाले श्रीसले अध्यक्षमा जित हासिल गर्नु भएको थियो ।

यस पटक पनि चित्रकला छन्त्याल श्रीस एमालेका तर्फबाट वडा अध्यक्ष पदमा उमेदवार हुनु भएको छ । कांग्रेसका हस्ती चन्द्र कुमार पुनले सूर्य चिन्ह रोजेपछि लेखानीमा एमालेको जित थप सहज भएको एमालेले जनाएको छ । लेखानीमा कांग्रेसलाई विजयी गराउन पुनको भूमिका प्रभावकारी रहेको थियो । लेखानीको कादेश निवासी पुनलाई एमालेले सूर्य चिन्हबाट उमेदवार बनाएपछि यसपटक अध्यक्ष सहित सबैमा एमालेको जित हुने एमाले जिल्ला सचिवालय सदस्य तथा वडा नं. ८ का एमालेबाट अध्यक्षका उमेदवार चित्रकला छन्त्याल श्रीसले बताउनुभयो ।

काठेखोलामा एमाले र गठबन्धनका बीच प्रतिस्पर्धा छ । गठबन्धनबाट वडा नंं १, ४, ५ र ७ मा बागी उमेदवार छन्, त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनबाट बागी उमेदवार छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *