रघुगंगामा कांग्रेसका अध्यक्ष उमेदवार भण्डारी विरुद्ध उजुरी

आदर्श अनलाइन, म्याग्दी
नेपाली कांग्रेसका तर्फबाट रघुगंगा गाउँपालिका म्याग्दीमा अध्यक्षका उमेदवार भव बहादुर भण्डारीका विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । गाउँपालिकाको कोषबाट जग्गा व्यवस्थापन लागि लगेको १ करोड ४२ लाख रुपैया पेश्की रहेको, स्थानीयवाट गाउँपालिकाका लागि भनेर प्राप्त भएको २० रोपनी जग्गा मध्ये ५ रोपनी गाउँपालिकाका नाममा राखेर अन्य जग्गा आफ्नो नाममा दर्ता गराएको लगायतका आरोप लगाउदै भण्डारी विरुद्ध निर्वाचन कार्यालयमा उजुुरी दर्ता भएको हो ।

नेकपा एमालेका तर्फबाट अध्यक्षका उमेदवार प्रेम बहादुर कार्की (दिपक विखर्ची) र अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका सागर भण्डारीले मंगलवार उजुरी दर्ता गराएको रघुगंगा गाउँपालिका निर्वाचन कार्यालयका अधिकृत तेज प्रसाद पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाको रकम व्यक्तिको नाममा खर्च गरेको भन्दै अध्यक्ष पदका २ जना उमेदवारले उजुरी दिएको र निर्वाचन कार्यालयले यस विषयमा छानविन गर्ने निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

रघुंगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका भव बहादुर भण्डारीले गाउँपालिकाका लागि जग्गा व्यवस्थापन गर्न विनियोजन भएको रकमबाट आफ्नो नाममा जग्गा बनाएको आरोप अध्यक्षका उमेदवारहरुले लगाएका छन् । दाताहरुले निशुल्क रुपमा दिएको जग्गा गाउँपालिकाका नाममा ८ रोपनी र जग्गादाताहरुलाई १२ रोपनी फिर्ता गर्नु पर्नेमा गाउँपालिकाका अध्यक्षका रुपमा भण्डारीले ५ रोपनी गाँउपालिकाका नाममा राखी अरु जग्गा आफ्नो नाममा राखेको, पालिकाबाट लगेको रकम आफ्नो नाममा रहेको जग्गा व्यवस्थापनका लागि खर्च गरेको आरोप लगाइएको छ ।

सरकारी कोषबाट भएको खर्च र जग्गा व्यवस्थापन बमोजिम उक्त जग्गा भण्डारीको नामबाट सहजै गाउँपालिकालाई दिन सकिने हुँदा हुदै पनि गाउँपालिका अध्यक्ष भव बहादु भण्डारीको कार्यकाल सकिदा समेत स्वयंले आफ्नो नाममा जग्गा राखेर पालिकालाई हस्तान्तरण नगरेको साथै रघुंगंगा गाउँपालिकाबाट पेश्की दिइएको रकमको खर्च समेत पालिकाले प्राप्त गरेको जग्गामा नभै व्यक्तिको जग्गामा खर्च गरेको दखिएको हुदा निज भव बहादुर भण्डारी स्थानीय तहको निर्वाचन २०७९ मा उमेदवार हुन अयोग्य भएको भन्दै खारेजीको माग गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *