गलकोटका कांग्रेस वडा सभापति नेपाली एमालेको उम्मेदवार

आदर्श अनलाइन, बागलुङ
गठबन्धनप्रति असहमति जनाउदै गलकोट नगरपालिका वडा नं. ६ का नेपाली कांग्रेसका सभापति भक्त नेपाली नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेको सूर्य चिन्हबाट वडा अध्यक्ष पदमा उमेदवार बन्नु भएको छ ।

सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा रहेको नेकपा एमालेलाई एक्ल्याउन ५ दलबीच अप्राकृतिक गठबन्धन बनेको भन्दै नेपालीले कांग्रेसको वडा सभापति र पार्टीका साधारण सदस्यबाट राजिनामा दिई एमालेका तर्फबाट उमेदवार बनेको एमाले जिल्ला सचिवालय सदस्य तथा वडा इन्चार्ज फरेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

नेपालीले कांग्रेस परित्याग गरेपछि एमालेले नेपालीको नेतृत्वमा कमला श्रीस, रिता सार्की, सुरेश श्रीस र नेत्र श्रीसलाई वडा नं. ६ को उमेदवार बनाएको छ । गठबन्धनको चुनावी तालमेलबाट असन्तुष्ट बनेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबाट अरु धेरै नेता कार्यकर्ता एमाले प्रवेशको तयारीमा रहेको एमालेले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *