एमाले जिल्ला सदस्य थापाले छोडे पार्टी


आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खिम थापाद्वारा पार्टी पत्यिाग गरेको घोषणा गर्नुभएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेका थापा नेकपा एमाले भकुण्डेको इन्चार्ज र पार्टीको पर्यटन विभाग प्रमुख समेत रहनुभएको थियो । सामाजिक सन्जालमा एक अपिल लेख्दै एमालेबाट अलग भएको घोषणा गर्नुभयो ।

भकुण्डेको वडा अध्यक्षका लागि आकंक्षी रहेका थापाले उम्मेदवार छनोटमा आफूलाई अन्याय भएको भन्दै पार्टी परित्याग गरेर स्वतन्त्र रहेको बताउनुभएको छ । पार्टीको वडा इन्चार्ज र वडा अध्यक्षको दावेदार भएता पनि वडाको उम्मेदवार बनाउँदा कुनै वास्ता नगरी अधिकतम कार्यकर्ताको चाहना के छ भनेर सल्लाह नगरी भकुण्डेका जनताको भविश्वप्रति खेलवाड गरेको भन्दे पार्टी छाड्ने निर्णयमा पुगेको बताउनुभयो ।

“पार्टीको इन्चार्ज किन बनाएको होला केही नसोध्ने यस्तो नी पार्टी हुन्छ” उहाँले भन्नुभयो “जनताको भविश्यसंग जोडिएको कुरमामा एमाले बागलुङको नेतृत्वले खेलवाड गरेको छ ।” नेकपा एमालेको तर्फबाट भकुण्डेको वडा अध्यक्षमा विजय थापालाई उम्मेदवारी बनाएपछि भकुण्डेका एमाले रुष्ट रहेका छन् । भकुण्डेको वडा अध्यक्षका लागि नेकपा एमालेका जिल्ला नेता विष्णु प्रसाद शर्माले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *