मुस्ताङमा दुई कार्यकाल निर्विरोध वडाध्यक्ष बने ठकुरी

आदर्श अनलाइन, मुस्ताङ
अक्सर विरलै उम्मेदवार निर्विरोध दुई दुई पटक निर्वाचन जित्न सक्छन् । निर्विरोध जित्नका लागि आफ्नो कार्यक्षेत्रमा उदाहरणीय कार्य गर्नेपर्ने हुन्छ ,अनि जनताको मन जित्नै पर्ने हुन्छ । संघीयता कार्यान्वनसँगै पहिलोपटक भएको स्थानीय तह निर्वाचन २०७४ मा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङका टै ढिन्डु ठकुरी चुनावी प्रतिस्पर्धा नगरी वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भए ।उनीसँगै त्यस वडामा सबै सदस्य निर्विरोध भएका छन् ।

ठकुरी नेकपा एमालेका कार्यवाहक पालिका कमिटी संयोजक हुन् । त्यहाँ सिङ्गो एमालेको प्यानल नै निर्विरोध निर्वाचित भएको थियो । यसपटक पनि बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनमा ठकुरी पुनः एमालेको तर्फबाट त्यहाँ निर्विरोध वडाध्यक्ष पदमा निर्वाचित भए ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ मा एमालेबाट वडाध्यक्षसहितको मात्रै एकल उम्मेदवारी परेपछि ठकुरी निर्विरोध वडाध्यक्ष बन्न सफल भएका हुन् । यसलाई निर्वाचन कार्यालयले आधिकारिता प्रदान गर्न भने बाँकी छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको वडा १ एमालेले पुरै प्यानल निर्विरोध भएको हो भने वडा ३ र ४ मा पनि १–१ जना वडा सदस्यले कांग्रेसलाई दिएर वडाध्यक्षसहित अरु पद एमालेले लिएको हो । वडा–२ मा सदस्य पदमा सहमती गरी पद बाडफाट भयो भने वडाध्यक्ष पदमा मात्रै निर्वाचन हुनेछ । यस्तै वडा –५ मा भने पुरै सिटमा निर्वाचन प्रतिस्पर्धा हुनेछ ।

संघीयताको कार्यकालमा केही राम्रा काम गर्ने अवसर पाएका आफु पून वडाध्यक्ष पदमा निर्विरोध हुन सकेको ठकुरीले बताए । राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकमा पर्ने लोघकरको चराङ र नेपालीकै सबैभन्दा पहिलो र पुरानो गुम्बा रहेको ऐतिहासिक मराङ गाउँ उनको कार्यक्षेत्र भित्र पर्दछ । संघीयताको पहिलो कार्यकालमा नयाँ अभ्यास भएको र कर्मचारी समस्याले स्थानीय तहको कार्यसम्पादन सोचे अनुसार हुन नसकेको उनले जनाए । पहिलो कार्यकालको तेश्रो वर्षदेखि कोभिड माहामारी सुरु भएकाले पूर्वाधार विकास र पर्यटनक्षेत्रको विकासमा अपेक्षा गरेअनुसा प्रगति गर्न नसकेको ठकुरीको भनाइ। पहिलो कार्यकालमा हामाीले पालिका र वडाको समग्र विकासको प्रगति जनसमक्ष उजागर गरेका थियौं ।

हामाीले अबको नया कार्यकालका लागि पनि त्रिवर्षीय कार्ययोजना निर्माण गरेका छौं,अब हामी त्यही मोडालिटी अनुसार गएर वडा तहको विकासमा लाग्छौं ।

निर्विरोध वडाध्यक्ष बनेका ठकुरीले वडा तहको पर्यटकन,कृषि ,शिक्षा ,स्वास्थ्य र पूर्वाधार निर्माणमा जोड दिने बताए । उनले अघिल्लो कार्यकालमा आफू नेतृत्वको वडा टिमले थुप्रै विकासका कामहरु सम्पन्न गरेको बताए । उनले चराङको ऐतिहासिक गुफा संरक्षण र प्रचार प्रसार, गाउँभित्रको कच्ची सडक स्तरोन्नति र कालोपत्रे गर्ने योजना रहेको बताए ।

उनले चराङदेखि चराङ खोलासम्मको सडक स्तरोन्नति भएको जानकारी दिए । निर्विरोध वडाध्यक्ष बनेका ठकुरीले वडा तहमा कांग्रेस र एमालेको जनधार भए पनि पार्टीगत प्रभाव भन्दा गाउँलेबीचको सम्बन्ध र मित्रताले आफू वडाध्यक्षमा दोहोरिन सफल भएको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *