एमाले बागलुङ नगरपालिकाको निर्वाचन परिचालन कार्यालय स्थापना


आदर्श अनलाइन, बगालुङ

यही वैशाख ३० गते हुँने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बागलुङले निर्वाचन परिचालन कमिटि कार्यालय स्थापना गरेको छ ।

निर्वाचनका गतिविधिलाई सहजीकरण गर्न बगालुङ नगरपालिका–२ स्थित मिलिजुली टोल कृषि विकास बैंक नजिकै कार्यालय स्थापना गरिएको नेकपा एमाले बागलुङ नगर कमिटिले जनाएको छ ।

उम्मेदवारीको अन्तिम नामावली पछि बागलुङ नगरपालिकाले प्रचार प्रसारको कार्यतालिका सार्वजनिक गर्ने र निर्वाचन परिचालन कार्यालयबाट सहजीकरण गर्ने, मिडिया संयोजन गर्ने लगायतका काम गरिने नेकपा एमाले बागलुङ नगरका सचिव रामकृष्ण शर्माले जानकारी दिनुभयो ।
नेकपा एमालेकोे तर्फबाट बागलुङ नगरपालिकाको नगर प्रमुखमा जनकराज पौडेललाई दोहो¥याएको छ । नगर प्रमुख पौडेलले आफ्नो कार्याकालमा थुप्रै राम्रो काम गरेको र केही अधुरा काम पुरा गर्न पुन नगर प्रमुखमा उम्मेदवारी दिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *