भिमापोखरामा एमालेको २ सय ५ सदस्यीय निर्वाचन परिचालन समिति

आदर्श अनलाइन, बागलुङ
स्थानीय निर्वाचनलाई लक्षित गरी नेकपा एमाले काठेखोला गाउँपालिका कमिटिले ८ वटै वडामा चुनावी अभियान सञ्चालन गरेको छ । एमालेले पालिका स्तरीय वैठक सम्पन्न गरी वडा वडामा वैठक, भेला, निर्वाचन परिचालन कमिटि गठनका साथै उमेदवारहरु सहित पार्टीका नेता कार्यकर्ताहरुले घरदैलो गर्ने अभियान सञ्चालन गरेको हो ।

अध्यक्षका उमेदवार डिल बहादुर कार्की सहितको टोलीले बुधवारदेखि धम्जाबाट टोल भेला तथा घरदैलो अभियान सञ्चालन गरेको थियो । वडा कमिटिहरुले वैठक तथा भेलाहरु सम्पन्न गरी निर्वाचनको तयारी थालेका छन् । यसैक्रममा काठेखोला गाउँपालिका वडा नं. २ भिमापोखरामा बिहीवार अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलाले पार्टीका वडा अध्यक्ष नारायणदत्त रेग्मीको संयोजकत्वमा २ सय ५ सदस्यीय वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ । विक्रम शर्माको संयोजकत्वमा १ सय ३० सदस्यीय युवा परिचालन, खीम कार्कीको संयोजकत्वमा १० सदस्यीय प्रचार प्रचार समिति र गंगा शर्माको संयोजकत्वमा १ सय सदस्यीय महिला परिचालन समिति गठन गरिएको एमाले जिल्ला सदस्य तथा वडा इन्चार्ज प्रेम केसीले जानकारी दिनुभयो ।

भेलाले वडाको प्रतिवद्धता पत्र बनाउन टिकाराम सापकोटा, विद्यापति शर्मा र विक्रम शर्मालाई जिम्मेवारी दिएको छ । कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य टिकाराम सापकोटा, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, जिल्ला सदस्य तथा वडा इन्चार्ज प्रेम केसी लगायतले निर्वाचन परिचालनका विषयमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *