काठेखोलामा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सहित ९ जनाको उम्मेदवारी फिर्ता


आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकामा ९ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । मनोनयन दर्ताको क्रममा पालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनाले आज निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिएको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्क बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका डिल बहादुर बिक, नेपाली कांग्रेसबाट उपाध्यक्षका बागी उम्मेदार बनेका चित्र बहादुर कार्की, काठेखोला गाउँपालिका–१ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको गणेश नेपाली, स्वतन्त्रबाट सोही वडाको अध्यक्षमा उम्मेदवारी टिका बहादुर थापा र वडा नम्बर ६ को अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी बन्नुभएको धनपती न्यूरेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

यस्तै गाउँपालिका–५ मा स्वतन्त्रबाट दलित महिला सदस्य उम्मेदवार बन्नुभएको गिता बिक, वडा नम्बर ५ स्थित स्वतन्त्र उम्मेदवार बन्नुभएको गंगा बहादुर बिक, वडा नम्बर ४ का सदस्यका उम्मेदवार विष्णु कंडेल, ८ नम्बर वडाका सदस्यका उम्मेदवार झक बहादुर सुनार र काठेखोला १ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएको दलित महिला सदस्य रिता नेपालीले उम्मेदवारी फिर्ता गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *