जैमिनीमा गठबन्धनकाे एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति

आदर्श अनलाइन, बागलुङ
पाँच दलीय गठबन्धनले जैमिनीमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बैशाख ३० हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई विजयी गराउने उद्धेश्यले नेपाली काँग्रेसका जैमिनी नगर सभापति प्रेम सापकोटाको संयोजकत्वमा एक हजार एक सदीयस्य निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा –एकिकृत समाजवादी), जनता समाजवादी पार्टीेले संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन गर्नुका साथै युवा परिचालन, महिला परिचालन, विद्यार्थी परिचालन समिति समेत गठन गरिएको छ ।

१५ सदस्यीय रणनीतिक समिति समेत गठन गरिएको छ । त्यो समितिले गठबन्धन बिरुद्ध हुने गतिविधिलाई निस्तेज पार्न रणनीतिक योजनाहरु निर्माण र तर्जुमा गर्ने बताईएको छ । एक अनुगमन समिति र सचिवालय समेत गठन गरिएको छ ।

जैमिनी नगर प्रमुखमा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन र उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले उमेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *