बेनी नगरपालिका : उम्मेदवारी फिर्ता लिएर काँग्रेस र माओवादीको चुनावी तालमेल

आदर्श अनलाइन, म्याग्दी
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच शुक्रबार चुनावी तालमेल भएको छ ।

मनोनयन दर्तासम्म नगरपालिकाको प्रमुख र उपप्रमुखमा एक्लाएक्लै उम्मेदवारी दिएका ती दुबै दलबीच उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो । पाँच दलीय गठबन्धनमा सहमति नभएपनि अन्तिम चरणमा काँग्रेस र माओवादीबीच प्रमुख र उपप्रमुखमा चुनाव तालमेलको सहमति भएको छ ।

सहमति अनुसार, काँग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई समर्थन गर्दै माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रवार मनोनयन फिर्ताको अन्तिम समयमा माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार जैसी र काँग्रेसका उपप्रमुखका उम्मेदवार अमृतदेबी बानियाँको मनोनयन फिर्ता गराइएको थियो ।

त्यसैगरि माओवादी केन्द्रका तर्फबाट उपप्रमुखका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै काँग्रेसका तर्फबाट उपप्रमुखका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता गराइएको छ । बेनी नगरपालिकामा काँग्रेस र माओवादी केन्द्रले वडा नं २, ६, ७, ८ र ९ मा चुनावी तालमेल गरेका छन् ।

यसैबीच सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) म्याग्दीमा चुनावी गठबन्धनबाट अगल भएको छ । काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेलमा बेवास्ता गरेको कारण गठबन्धनबाट अलग हुनुका साथै जिल्लाको सबै स्थानीय तहमा पार्टीबाट दिइएको उम्मेदवारी सबै फिर्ता गरिएको सो पार्टीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *