नारायणस्थानमा पाँच दलीय गठबन्धनको चुनावी अभियान

आदर्श अनलाइन, बागलुङ
आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गरी बागलुङ नगरपालिकाका पाँच दलिय गठबन्धनका उम्मेदवारको शनिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा चुनावी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी मतदाताले बागलुङ नगरपालिकामा सुसासन कायम गर्नका निम्ती गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका थिए । उनिहरुले नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवार बसन्त कुमार श्रेष्ठ र नेकपा माओबादी केन्द्रबाट नगर उपप्रमुखका उम्मेदवार राजु खड्का सहित गठबन्धन भित्रका सवै दलका उम्मेदवारलाई एक जुट भएर जिताउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुखका उम्मेदवार बसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकामा सर्वप्रथम मितव्ययीता र सुशासन कायम गर्नका निम्ती पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्न बताए । उनले आगामी पाँच वर्षको स्पष्ट खाका सहित आफुहरु चुनावी मैदानमा होमिएको र कुरा मात्र भन्दा पनि काम गर्नका निम्ती आफ्नो उम्मेदवारी रहेको बताए ।

श्रेष्ठले नगरपालिकामा बढ्दै गएको भ्रष्टाचारको अन्त्यका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए । ‘टोलटोलका समस्यालाई बुझेर हरेक नागरिकको सहयोगमा नगरलाई समृद्धि बनाउनका लाग्ने छौं श्रेष्ठले भने,–‘नगरपालिकामा हरेक नागरिकको समस्यालाई काँग्रेसको नेतृत्वमा भएको स्थानिय सरकारले समाधान गर्नेछ ।

शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगायतका कार्यक्रमलाई बढि जोड दिएर जानेछौं ।’ उनले बलेवा नारायणस्थानमा रहेको वलेवा विमानस्थल कालोपत्रेको अवस्थामा रहेको र यहाँको नियमित उडान संचालनका निम्ती आफुहरुले पहल थाल्ने बताए ।

कार्यक्रममा उपप्रमुखका उम्मेदवार राजु खड्काले बागलुङ नगरपालिकामा विगतको पाँच वर्षमा सासन गरेका सासकहरुले बागलुङ नगरपालिका पछि परेको बताए । उनले नगरको समग्र आर्थिक सामाजिक विकासका पाँच दलिय गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।

खड्काले प्रमुख र उपप्रमुख दुवैमा जोश र जाँगर रहेको हुँदा अब बागलुङ नगरको विकास हाम्रै पालामा भएको बताए । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार चक्रबहादुर खत्रीले नारायणस्थानको विकासका निम्ती पुन आफ्नो उम्मेदवारी रहेको बताए । उनले हरेक टोलटोलमा स्थानिय सरकारको अनुभुती अहिलेका गठबन्धनका दलका उम्मेदवारले दिने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी, राष्ट्रिय जनमोर्चाका सल्लाहकार ढुण्डीराज पौडेलले गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताले इमान्दारीताका साथ आफ्ना उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताए ।

कार्यक्रम नेपाली काँग्रेस नारायणस्थानका सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता, राष्ट्रिय जनामोर्चा बागलुङ नगर सदस्य योगेन्द्रराज शर्मा पौडेलको स्वागत र काँग्रेसका सचिव ओमकार सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिका सत्तारुढ दलहरु नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकिकृत समाजबादी र जसपाको गठबन्धन रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *