पोखरामा भावनात्मक ज्ञान कार्यशाला

आदर्श अनलाइन, पोखरा
कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आयोजना तथा मनोदर्शन साईकोलोजिकल कन्सर्नको प्राविधिक सहयोगमा कास्कीका सहकारी व्यवस्थापनकहरुका लागि एक दिने भावनात्मक ज्ञान कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममाल कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीका मानार्थ सदस्य भिमबहादुर गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नु पर्ने बताउनु भयो । कुनै पनि संस्था संचालन गर्नका लागि व्यवस्थापकको महत्वपुर्ण भुमिका रहने भएकाले तालिममा सिकेका कुराले संस्थालाई थप व्यवस्थापन गरेर अगाडी बढ्न सहयोग गर्ने गुरुङले बताउनुभयो ।

काम गर्ने क्रममा आउने समस्यालाई सहज रुपमा समाधान गर्ने र आफ्ना सदस्यलाई सरल तलिकाले सेवा दिने सिप कर्मचारी र संचालकमा अनिवार्य हुनुपर्ने कुरामा गुरुङले जोड दिनुभयो । गुरुङले यस्ता खालका तालिमले समग्र सहकारी अभियानको लागि फाइदा पुग्ने बताए ।

तालिममा मनोदर्शन साईकोलोजिकल कर्न्सनका प्रमुख प्रशिक्षक प्रज्वोल आचार्य र प्रशिक्षक दिलिप श्रेष्ठले सहभागीहरुलाई प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा सहभागिको तर्फबाट सुशिल के.सीले तालिमबाट सिकेका कुरालाई आगामी दिनमा व्यवहारमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । क्लवका संस्थापक अध्यक्ष मिलन ढकाल र निर्वचमान अध्यक्ष डम्बर सिङ बस्नेतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष हरी प्रसाद पन्थीको अध्यक्षयता, रियल ईभेन्ट म्यानेजमेन्टका व्यवस्थापक सुशिल पोख्रेल तथा पहल ग्रुपका डाइरेक्ट्रर अशोक पौडेलले समन्वय, सचिव मोहन प्रसाद अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *