नेकपा एस बागलुङका जिल्ला सदस्यले दिए राजिनामा


आदर्श अनलाइन, बागलुङ

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बागलुङका जिल्ला सदस्य नारायण रोकाले पार्टीबाट राजिनामा दिनुभएको छ । आज रोकाले नेकपा एस एमसिसि जस्तो राष्ट्रघाती सम्झौतामा अगाडी बढेको र अप्राकृतिक गठबन्धमा लागेको भन्दै राजिनामा दिनुभएको छ ।

उहाँले उक्त राजिनामा पत्र सार्वजनिक गर्दै आजबाटै नेकपा एसमा नरहेको जानकारी गराउनुभएको छ । चुनाव नजिकिदै गर्दा नेकपा एस छोड्नेको लर्कोनै लागेको छ । केही दिन अघि मात्रै तीन जना जिल्ला स्तरीय नेताले पार्टी छोडेको घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *