एमाले र राप्रपाको संयुक्त घरदैलो


आदर्श अनलाइन, बागलुङ
शनिबारदेखि आमसभा थालेको नेकपा एमाले र राप्रपाले आइतबारदेखि संयुक्त रुपमा घरदैलो कार्यक्रम बागलुङ बजारबाट शुरु गरेको छ ।

बागलुङ बजारको वडा नम्बर २, वडा नम्बर ३मा घरदैलो कार्यक्रम गरेको छ ।

घरदैलो कार्यक्रममा नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार जनकराज पौडेल र राप्रपाबाट उपप्रमुखका उम्मेदवार सन्जय खड्का, बानपा–२ का वडा अध्यक्षका उम्मेदवार राम बहादुर जिसी, वडा नम्बर तीनका वडा अध्यक्षका उम्मेदवार कमल खड्का सहित एमाले पोलिटव्यूरो सदस्य मनकुमारी केसी, नेकपा एमाले बागलुङ नगरका अध्यक्ष धन बहादुर परियार, नगर सचिव रामकृष्ण शर्मा लगायतको संयुक्त टोलीले घरदैलो गरेको हो । एमालेले सोमबार पुन गाउँकेन्द्रित आमसभा र घरदैलो गर्दै छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *