सडक नाली सुधार गर्छु, खानेपानीलाई सहज बनाउछु : शाक्य

बागलुङ \ नेकपा माओवादीका केन्द्रका पुराना नेता बाबुलाल शाक्य बागलुङ नगरपालिका–३ मा वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । निर्वाचन आयोगले दिएको मुडा चुनाव चिन्हमा मतदातासामु मत मागीरहनुभएका शाक्य नेकपा माओवादी केन्द्रमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँले पत्रकार सम्मेलननै गरी बागलुङ नगरपालिका वडा नम्बर ३ को विकासमा कुनै कसर नराख्ने बताउनुभयो । उहाँले पत्रकार समक्ष प्रतिबद्धता पत्र नै सार्वजनिक गर्नुभयो ।

शाक्यले सडकको सुधार, ढल व्यवस्थापन र खानेपानी वितरणमा सहजता दिने प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले वडामा हुँने सेवा प्रवाहलाई सुधार गर्ने भन्दै आफ्नो पक्षमा जनलहर सृजना गरेको दावी गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *