रोशन जि.सी, बागलुङ
राष्ट्रिय प्रजातन्त्र पार्टी काठेखोला गाउँपालिका कमिटिका सचिव दुर्गादत्त रिजालले नेकपा एमालेको सरकार आएपछि मात्रै उपल्लो बिहुको करलिमले विकास देखेको बताउनु भएको छ ।
एमाले काठेखोलाले सञ्चालन गरङेको चुनावी अभियान अन्तरगत बिहीवार वडा नं. ५ करलिममा आयोजित चुनावी सभामा बोल्दै रिजालले यस्तो बताउनु भएको हो । बिहुमा नेपाली कांग्रेसले लामो समय सत्ता सञ्चालन ग¥यो, यही ठाउँबाट २ पटक सांसद, २०७४ मा वडा अध्यक्ष कांग्रेसले पाउदा पनि करलिममा कांग्रेसले विकास गर्न सकेन, रिजालले भन्नुभयो–एमालेका तर्फबाट गाउँपालिकाको नेतृत्व लिएपछि लिफ्टिङ खानेपानी, बाटा घाटा, विद्यालय सुधार, काठेपोल विस्थापित लगायत महत्वपूर्ण काम भए ।
उहाँले कांग्रेसले विकास गर्न नसक्ने भएकाले आफुहरुले एमालेसंग चुनावी तालमेल गरेर वडामा उमेदवारी दिएको बताउनुभयो । काठेखोला वडा नं. ५ मा एमालेले वडा अध्यक्ष र ४ जना सदस्य तथा राप्रपाले एकजना वडा अध्यक्षमा उमेदवारी दिएका छन् ।
कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्यहरु परमानन्द कंडेल र हुमा कुमारी जि.सी. (अञ्जु), राप्रपाका पालिका अध्यक्ष हिरालाल कंडेल, काठेखोलामा एमालेका अध्यक्षका उमेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिला पुन, वडा अध्यक्षका उमेदवार हिम बहादुर क्षेत्रीले उपल्लो बिहुको आर्थिक विकास, पर्यटन प्रवद्र्धन लगायतका विषयमा प्रभावकारी योजना सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम एमाले वडा अध्यक्ष हिरालाल सापकोटाको अध्यक्षता र दिवस कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।