गठबन्धनको सरकार नाडी छाम्ने अवस्थामा पुग्यो : उम्मेदवार पौडेल


आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेबाट बागलुङ नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बन्नुभएका जनकराज पौडेलले गठबन्धनको सरकार छ कि छैन भनेर नाडी छाम्ने अवस्था पुगेको बताउनुभयो ।

उम्मेदवार पौडेलले गठबन्धले सरकार चलाउन थालेको एक वर्षमै देशमा आर्थिक संकट पैदा हुँने र नागरिक महङ्गीको मारमा पर्ने गरेको बताउदै अहिलेको सरकार छ कि छैन भनेर नाडी छाम्नु पर्ने अवस्थामा आएको बताउनभयो ।

बागलुङ नगरपालिका–५ ध्रुपूला, पञ्चासे लगायतमा जनभेटघाटको क्रममा नगर प्रमुखका उम्मेदवार पौडेलले जनताले सरकारको महशुस गर्न नपाएको बताउदै सरकार भएन नभएको जनताले पत्तो नपाएको बताउनुभयो । अहिलेको गठबन्धनबाट बनेको सरकार बाँडीचुडी खान बनेको आरोप लगाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *