कांग्रेस गण्डकी प्रदेशको संकल्प : १ वर्षमा ५० हजारलाई रोजगारी

आदर्श अनलाइन, पोखरा
नेपाली कांग्रेस गण्डकी प्रदेशले शुक्रबार स्थानीय तहलाई लक्ष्य गरी ३० बुँदे संकल्पपत्र प्रकाशन गरेको छ । कांग्रेसबाट चुनिएका जनप्रतिनिधिले स्थानीय तहमा गर्नुपर्ने काम भन्दै शुक्रबार कांग्रेस गण्डकी प्रदेशले संकल्प प्रस्ताव सार्वजनिक गरेको हो । प्रस्तावमा प्रत्येक वर्ष ५० हजार नयाँ रोजगार सिर्जना गर्ने उल्लेख छ ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठले लगायतले प्रस्ताव सार्वजनिक गरे । गण्डकी सभापति शर्माले प्रदेशलाई कस्तो बनाउने भन्ने दस्तावेजमा भएको जनाए । ‘यसलाई पूरा गर्न गण्डकी प्रदेशका जनप्रतिनिधि कटिबद्ध भएर लाग्छन्,’ उनले भने ।
उनले आगामी दिनमा संकल्प पत्रले गण्डकी सरकारले गर्ने कामको प्रतिनिधित्व गर्ने उनले सुनाए ।

गण्डकी प्रदेशमा १ वडा १ शिशु स्याहार केन्द्र स्थापना गर्ने संकल्प गरिएको हो । संकल्प पत्रमा लेखिएको छ, ‘सबै स्थानीय तहमा कम्तीमा २५ शड्ढयाको अस्पताल बनाइनेछ । जिल्ला अस्पतालहरुलाई स्तरोन्ति गरी आवश्यकता अनुसार सय शड्ढयासम्मको बनाइनेछ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पोखरेलले संकल्प प्रस्तावको आधारमा काम गर्ने बताए । ‘गण्डकी प्रदेशमा नेपाली कांग्रेस सरकारको बाटो कस्तो हुन्छ भन्ने कुरा यो संकल्प पत्रले समेटेको छ ।

यसै अनुसार हाम्रा जनप्रतिनिधि र गण्डकी प्रदेश सञ्चालन हुने छन्,’ मुख्यमन्त्री नेपालीले भने । स्थानीय तहमा महिला नेतृत्व ३३ प्रतिशत पु¥याइने उल्लेख छ । पत्रमा लेखिएको छ, ‘स्थानीय तहमा महिला नेतृत्व ३३ प्रतशित पु¥याइनेछ । पार्टी पदाधिकारी तहमा महिला सहभागिता ३३ प्रतिशत पु¥याइनेछ । महिलाले लिने सेवामा प्रदेशले लगाउने शुल्क तथा करमा २५ प्रतिशत छुट दिइनेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *