तितौरेमा एमाले–राप्रपाको चुनावी कार्यक्रम, नगरपालिकाको सेवा गाउँ केन्द्रित गर्ने प्रतिबद्धता


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी कार्यक्रम बागलुङ नगरपालिका–७ तितौरेमा सम्पन्न गरिएको छ । पाला र तितौरेको विभिन्न स्थानमा घरदैलो र जनभेटघाटपछि आयोजना गरिएको चुनावीसभामा बोल्दै नेकपा एमाले बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार जनकराज पौडेलले नगरपालिकाले बजारका जनता र गाउँका जनतामा कुनै विभेद नगर्ने गरी काम गर्ने बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा तितौरे सम्मको सडक स्तरोन्नती र कतै सडक ढलान समेत गरिएको बताउनुभयो । उहाँले विकास र समृद्धिका पक्षमा एमालेप्रतिको जनलहरआएको भन्दे आफूलाई पुन नगरप्रमुखमा जिताउन आग्रह गर्नुभयो । यस्तै नगरउपप्रमुखका उम्मेदवार राप्रपाका सन्जय खड्काले नगरपालिकाको सेवा गाउँकेन्द्रित गर्ने बताउनुभयो । यस्तै वडानम्बर ७ का वडा अध्यक्षका उम्मेदवार मेघनाथ गैरैले वडाको समग्र विकास र सेवा प्रवाहमा आफूले कुनै कसर नराख्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले एमालेको पक्षमा आएको जनलहरलाई सम्बोधन गर्नेगरी नगरपालिकाले विकास गर्न जनकराज पौडेलको समूहलाई जिताउन आग्रह गर्नुभएको थियो ।

यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख कृष्ण केसी, नेकपा एमाले गण्डकी प्रदेश सदस्य कुमार खड्का, एमाले बागलुङ नगरपालिकाका अध्यक्ष धन बहादुर परियार, राप्रपाका सुर्दशन पन्त लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम एमाले बागलुङ नगर सचिव रामकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । पालाको तितौरे, कालिमाटी लगायतको स्थानमा एमालेले घरदैलो समेत गरेको छ ।

  

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *