सुनौलो बागलुङद्वारा राहत वितरण


आदर्श अनलाइन, बागलुङ

सुनौलो बागलुङ संस्थाले बरेङमा राहत बितरण गरेको छ । संस्थाले बरेङ गाउँपालिका–३ खाल्लेका भिम बोहरालाई उपचारका लागि रु.२५ हजार आर्थिक सहयोग गरेको हो ।

बोहराको घाटिको क्यान्सरबाट करिब १० बर्ष देखि पीडित हुनुहुन्छ । वैदेशिक बिभागका कोषाध्यक्ष एंव केन्द्रिय सल्लाहकार चित्र श्रीसको अभियान अन्तरगत राहत हस्तान्तरण गरेको संस्थाका उपाध्यक्ष दिलिप प्रतेलले जानकारी दिनुभयो ।

कार्यक्रम स्वेता घर्तिको अध्यक्षता र संस्थाका केन्द्रिय सल्लाहकार चित्र श्रीसको स्वागत मन्तव्य र ज्ञानोदय आधारभुतका पुर्व प्र.अ तथा समाज सेवि केहरसिंह थापाको प्रमुख आतिथ्य र सुनौलो बागलुङ बरेङ समितिका सदस्य ममता कार्कीको संचालन र समाजसेवि तथा बुद्धिजीवी केशर ब. थापाको धन्यवादमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *