चुनाव हार्ने भएपछि प्रचण्डले मतदाता धम्काउन थाले : एमाले नेता नेपाली


रोहन जि.सी., बागलुङ
नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपालीले गठबन्धनले देशव्यापी रुपमा चुनाव हार्ने परिस्थिति आएपछि चितवनमा गएर माओवादी अध्यक्ष प्रचण्डले मतदातालाई धम्काएको बताउनु भएको छ ।

नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत वडा नं. ७ वडा कमिटि रेशले शनिवार नुन्थलामा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । जनताले एमालेलाई विजयी गराउन आतुर रहेको भन्दै नेपालीले एमालेले चुनाव जित्ने सूचना पछि गठबन्धनमा रहेका दलका नेताहरु मतदातालाई धम्काउदै हिडेको बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज संघीय सांसद डा.सूर्य पाठकले नेपपा एमाले नेतृत्व रहेका तीनवटै सरकारले गरेको कामका आधारमा नेपाली जनताले एमालेका उमेदवारहरुलाई विजयी गराउने बताउनुभयो ।

नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले काठेखोलाको आर्थिक, विकास, सामाजिक रुपान्तरणका लागि एमालेका उमेदवारहरुलाई विजयी गराउन आव्हान गर्नु भयो ।

काठेखोला गाउँपालिकामा एमालेका उमेदवार डिल बहादुर कार्की र उपाध्यक्षका उमेदवार कोपिला पुनले काठेखोलाको पहिचान, विकास र प्रवद्र्धनका लागि एमालेले लिएका कार्यक्रम, योजना र रणनीतिका आधारमा आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँहरुले रेशवासी जनताले लामो समयदेखि नेकपा एमालेको पक्षमा मतदान गरेर एमालेलाई स्थापित गर्न महत्वपूर्ण योगदान गरेको भन्दै यो स्थानीय निर्वाचनमा थप मत दिएर आफुहरुलाई विजयी गराउनका लागि आव्हान गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु डिल्लीराज गौतम, हुमा कुमारी जि.सी. (अञ्जु), राम बहादुर जिसी, हरिनारायण गौतम र हरि बहादुर कुँवर, अनेरास्ववियूका जिल्ला संयोजक रोशन कुँवर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम एमाले रेशका अध्यक्ष भूमिराज शर्माको अध्यक्षता, पूर्व अध्यक्ष कृष्ण कार्कीको स्वागत र सचिव रामचन्द्र गौतम र उपसचिव महेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *