‘भौतिक र आर्थिक विकाससंगै सामाजिक विकास प्राथमिकता’

आदर्श अनलाइन, बागलुङ
पाँच दलीय गठबन्धनको चुनावी सभा काठेखोला गाउँपालिका—४ तंग्राममा सम्पन्न भएको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका साझा उम्मेदवाहरु सहितको चुनावी सभामा बोल्दै काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले गाउँपालिकाको भौतिक र आर्थिक विकास संगगंगै सामाजिक विकासमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले विपन्न नागरिकहरुको आर्थिक स्तरवृद्धिका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभयो ।

उहाँले तंग्राममा निर्माणधीन जनजाति संग्रहालय, संगित संग्रहालय लगायतका पूर्वाधारहरु पूरा गर्ने त्यसले पर्यटनसंगै संस्कृतिको संरक्षमा समेत टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्षका उम्मेदवार तेजबहादुर थापा तिलकले शिक्षा स्वास्थ्यमा आफुहरुले विशेष ध्यान दिने बताउनुभयो । उहाँले तंग्राम खानेपानी र विपद व्यवस्थापनका विषयलाई विशेष ध्यान दिने बताउनुभयो । कार्यक्रममा वडाध्यक्षका उम्मेदवार लक्ष्मण पुनले काठेखोलामा तंग्रामको आफ्नै विशिष्ट पहिचान भएका कारण त्यसलाई संरक्षण गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले तंग्रामको विकासका लागि सबै क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति मणिभद्र शर्मा कँडेलले केपी ओलीले देशलाई भड्खालोमा हालेपछि त्यसबाट जोगाउन गठबन्धन बनेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य गणतन्त्र र संविधानको रक्षाका लागि सबैले हातेमालो गर्नु जरुरी रहेकाके बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस आमन्त्रित गण्डकी प्रदेश सदस्य भवानी कँडेल लगायतले मन्तव्य राखेका थिए । पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समिति काठेखोला—४ तंग्रामका संयोजक विष्णु आलेको अध्यक्षताा सम्पन्न कार्यक्रममा स्वागत नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य श्याम पुन र सञ्चालन टिका संगम विकले गरेका थिए । तंग्रामको फापरखेत र धारा खेलमैदानमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *