कास्कीमा चुनावको मौन अवधिभर मदिराजन्य पदार्थ विक्री वितरणमा रोक

आदर्श अनलाइन, पोखरा
जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ। वैशाख ३० गते हुने पालिका चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि यस्तो निर्णय गरिएको कास्की प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका पर्यटन व्यवसायीसँगको छलफलपछि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधिभर जाँडरक्सी बिक्री नगरि व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको हो।

प्रशासनले रात्रिकालिन व्यवसाय वैशाख २५ गतेदेखि २८ गतेसम्म राति ११ बजेसम्म, २९ गते साँझ ८ बजेसम्म, ३० गते चुनावका दिन पूर्ण बन्द हुने उल्लेख गरेको छ । यस्तै, वैशाख ३१ देखि जेठ १० गतेसम्म राति ११ बजेसम्म मात्रै रात्रिकालिन व्यवसाय सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *