एमाले राप्रपाको चुनावी अभियान बलेवाको विभिन्न स्थानमा

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी कार्यक्रम बागलुङ नगरपालिका–१३ बलेवाको विभिन्न स्थानमा सम्पन्न भएको छ । बलेवाको मुसुरबारी, जलजला र सल्यान लगायतको स्थानमा घरदैलो र जभेटघाट सम्पन्न गरिएको छ ।


भेटघाट र घरदौलो कार्यक्रममा बलेवाको विकासमा बागलुङ नगरपालिका र नगरपालिकाको समन्वयमा गण्डकी प्रदेश र संघीय सरकारले धेरै काम गरेको बताउनभयो ।

उहाँले बलेवा हुँदै जैमिनी जाने सडक कालोपत्रे, जल्कीनि घुम्टीदेखि भैरवस्थान जाने सडक कालोपत्रे, बलेवा विमानस्थल कालोपत्रे लगायतका ठूला काम भएको बताउनुभयो ।

यस्तै नगरउपप्रमुखका उम्मेदवार राप्रपाका सन्जय खड्काले नगरपालिकाको सेवालाई बलेवाबाटै लिनेगरी व्यवस्थापन मिलाउने र बलेवाको समग्र विकासमा आफूलाई मतदान गर्न आग्रह गर्नुभयो ।

बलेवा–१३ का वडा अध्यक्षका उम्मेदवार टेक बहादुर रोक्का र अनेमसंघ बागलुङका अध्यक्ष लक्ष्मी बोहोरा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *