देशव्यापी रुपमा एमालेको पक्षमा लहर आयो : सापकोटा

रोहन जि.सी., बागलुङ
नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले सम्मुखमा आइरहेको स्थानीय तह निर्वाचनका लागि देशभर एमालेको पक्षमा जनलहर आएको दावी गर्नुभएको छ ।

नेकपा एमालेले काठेखोला गाँउपालिकामा सञ्चालन गरेको चुनावी अभियान अन्तरगत वडा नं. ८ लेखानीले आइतवार आयोजना गरेको चुनावी सभामा बोल्दै सापकोटाले यस्तो बताउनु भएको हो ।
नेकपा एमालेले राष्ट्रिय स्वाधीनतामा लिएको अडान, लोककल्याणकारी राज्य निर्माणमा गरेको नेतृत्वदायी भूमिका, सामाजिक न्याय सहितको आर्थिक विकास र समाजवादतर्फको यात्रामा हस्तक्षेपकारी भूमिका निर्वाह गरेका कारण जनताको एमालेप्रति आकर्षण बढेको उहाँले बताउनुभयो ।

जनतामा मुर्झाएका सपना केपी ओलीले ब्यूताएर आम जनतालाई मुलुकमा केही गर्न सकिन्छ भावनाका विकास गराउनुका साथै मुलुकको समद्धिका लागि स्पष्ट योजना र कार्यक्रम अगाडि बढाएकै कारण आगामी स्थानीय निर्वाचनमा एमालेलाई जनताले जिताउने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटिका सदस्यहरु डिल्लीराज गौतम, हुमा कुमारी जि.सी.(अञ्जु), राम बहादुर जिसी, हरिनारायण गौतम र विश्व गौतम (सुवास), जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी काठेखोला गाँउपालिकाका अध्यक्ष हिरालाल कंडेल, नेकपा एमाले काठेखोला गाउँपालिकाका उपसचिव नर बहादुर खत्री लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नेकपा एमालेका तर्फबाट काठेखोला गाउँपालिकामा अध्यक्षका उमेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिला पुन, वडा नं. ८ का वडा अध्यक्षका उमेदवार चित्रकला छन्त्याल श्रीस, वडा सदस्यका उमेदवारहरु चन्द्रकुमार पुन, धनमाया वि.क, इश्वरी पुन र केदारनाथ कंडेलले नेकपा एमालेको नीति, सिद्धान्त, कार्यक्रम र नेतृत्वको दुरदर्शी निर्णयका आधारमा पालिका र वडामा काम गर्ने प्रतिवद्धता सहित आफुहरुलाई जिताउन आव्हान गर्नु भएको थियो ।

कार्यक्रम एमाले काठेखोला वडा नं. ८ का वडा अध्यक्ष डम्बरसिंह घर्तिको अध्यक्षता, पालिका कमिटि सचिवालय सदस्य बेल बहादुर जिसीको सञ्चालन र वडा कमिटि उपसचिव देव श्रीसको स्वागतमा कार्यक्रममा सम्पन्न भएको थियो ।

काठेखोला वडा नम्बर ८ मा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । एमालेले वडा अध्यक्ष, दलित महिला सदस्य, खुल्ला महिला सदस्य र एक जना खुल्ला सदस्य तथा राप्रपाले एकजना खुल्ला सदस्यमा उमेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *