पाँच दलीय गठबन्धनको चुनावी सभा पालामा

आदर्श अनलाइन, बागलुङ
पाँच दलीय गठबन्धनको चुनावी सभा जिल्लाको काठेखोला गाउँपालिका—१ पालामा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका साझा उम्मेदवाहरु सहितको चुनावी सभा पालामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले पालाको विशिष्ट पहिचान स्थापित गराउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्षका उम्मेदवार तेजबहादुर थापा तिलकले कृषि, पशुपालन र पर्यटन क्षेत्रको विकास गरेर गाउँपालिकालाई समृद्ध बनाउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका—१ पालका वडाध्यक्षका उम्मेदवार खडकबहादुर थापाले वडा भित्रका शिक्षा स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सदस्य लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापा सुप्रभा, संविधान सभा सदस्य केसरी घर्ती, नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्र थापा, नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानुकुमारी श्रीस शर्मा, नेपाल भूतपूर्व सैनिक संघ बागलुङका अध्यक्ष एवं केन्द्रीय सदस्य क्याप्टने हरिबहादुर भण्डारी, नेपाल दलित संघ बागलुङका अध्यक्ष एवं गण्डकी प्रदेश उपाध्यक्ष ताराबहादुर विक, पालाका पूर्व गाविस अध्यक्ष हरिप्रसाद शेरचन, माओवादी केन्द्रका प्रेम किसान लगायतले बोल्नुभएको थियो ।

निर्वाचन परिचालन समिति पालाका संयोजक कृष्णबहादुर थापाको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत झकबहादुर किसान र सञ्चालन रनिश रानाले सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *