माधव नेपाललाई ओलीको जवाफ : को सकिन्छ ३० वैशाखपछि थाहा हुन्छ

आदर्श अनलाइन, पोखरा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिएका छन् ।

आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए ।
सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई जवाफ दिँदै को खत्तम भएछ भन्ने निर्वाचनपछि थाहा हुने बताए ।

‘एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुइ चढेर २१ महिना प्रधनमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ । कांग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे’ उनले भने, ‘…वैशाख ३० गतेको परिणाम आएपछि को सकिएछ, को खत्तम भएछ जनताले बताउँछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *