एमाले–राप्रपाको अभियान समृद्ध नगर निर्माण

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकामा नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी अभियान बागलुङ नगरपालिका–३ का विभिन्न वडामा चलाइएको छ । बागलुङ नगरपालिका–३ को मुलपानी, तातोपानी र भलाटाकुराका लगायतका विभिन्न स्थानमा घरदैलो तथा जभेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।

विभिन्न स्थानमा आयोजना गरिएको कोणसभामा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमखुका उम्मेदवार जनकराज पौडेलले हाम्रै कार्यकालमा मुलपानीमा कालोपत्रे र डढलान सडक निर्माण भएको बताउनुभयो । यस्तै पिछाडिएको तातोपानी गाउँको दैलोमा पक्की सडक आउनु सुखद् भएको भन्दै बाँकी रहेका वडाका काम गर्न पुन निर्वाचनमा आएको जानकारी दिनुभयो ।

यस्तै उपप्रमुखका उम्मेदवार सन्जय खड्काले नगरको विकासका लागि युवा नेतृत्व आवश्यक रहेको र युवालाई रोजगराी दिने योजना ल्याउन आफूलाई जिताउन आग्रह गर्नुभयो ।

यस्तै बागलुङ नगरपालिका–३ का वडा अध्यक्षका उम्मेदवार कमल खड्काले बागलुङ नगरपालिकाको तातोपानी र मुलपानीमा मात्रै चालु आर्थिक वर्षमा ९३ लाखको काम भएको बताउनुभयो । उहाँले आफू वडा सदस्यको रुपमा जनतासामु पाँच वर्ष काम गरेको र आगमी दिनमा पुन सेवा गर्नका लागि निर्वाचनमा आएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य रेवती किसान र नविन किसानले मन्तव्य राख्नुभएको थियो ।

घरदैलो कार्यक्रममा पुगेका उम्मेदवारहरुलाई स्थानीय दिपक किसानले पहिलो कार्यकालमा राम्रो काम गरेको र आगमी दिनमा युवा रोजगारीका लागि ध्यान दिन आग्रह गर्नुभयो ।

यस्तै एमाले–राप्रपाको घरदैलो बानपा–३ स्थित खहरे, रातमाटा, बोक्से र सेरा लगायतमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *