समृद्ध काठेखोला निर्माणका लागि एमालेलाई जिताउनुस : एमाले उमेदवार कार्की

रोहन जि.सी., बागलुङ
नेकपा एमालेका तर्फबाट काठेखोला गाउँपालिकाका अध्यक्ष पदका उमेदवार डिल बहादर कार्कीले समृद्ध काठेखोला निर्माणका लागि सूर्य चिन्हमा मतदान गरी एमालेका उमेदवारहरुलाई विजयी गराउन आव्हान गर्नु भएको छ । चुनाव प्रचार प्रचारका क्रममा सोमबार काठेखोला वडा नं. १ चनौटे मतदाताहरुसंग भेटघाटका क्रममा कार्कीले यस्तो बताउनु भएको हो ।

मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षा, हरेक क्षेत्र, वर्ग र समुदायका जनताको अधिकार स्थापित गर्न, लोककल्याणकारी राज्य स्थापनाको योजना ल्याउन तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि एमालेले लिएको नीतिका आधारमा देशभरका जनताले एमालेलाई जिताउन आतुर रहेको भन्दै कार्कीले काठेखोलावासी जनतालाई एमालेको पक्षमा मतदान गर्न आव्हान गर्नु भएको हो ।

एमालेले काठेखोलाका ८ वडामा ८ पहिचान बनाएर काम गर्ने प्रतिवद्धताका साथ आफुहरु चुनावी अभियानमा जुटेको भन्दै उहाँले काठेखोलाको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्पष्ट योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

काठेखोला गाउँपालिका वडा नं. १ मा कृषि हाट बजारको संभावना भएकाले सोही अनुसार योजना बनाएर अगाडि बढेको उहाको भनाइ थियो । एकपाटेदेखि गाउँपालिका कार्यालयसम्मको सडक पक्की बनाउने प्रतिवद्धता एमालेले जनाएको छ ।

यो पनि पढ्नुहोस्