बडिगाड घटना अपडेट : अनुसन्धानका लागि दुई पक्राउ

आदर्श अनलाइन, बागलुङ

बडिगाड गाउँपालिकामा भएको झडपको घटनमा सम्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बडिगाडमा कांग्रेसद्वारा एमालेका उम्मेदवार सहितको समूहलाई खुकुरी प्रहार गरी घाइते बनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय सन्दीप थापा र स्वदेश बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।

घटनास्थलबाट लाठ्ठी, २ थान हसिया र ३ वटा मोटरसाइकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले बताउनुभयो । प्रहरीले पक्राउ परेका व्यक्तिको राजनीतिक आवद्धता नखुलेको भताएपनि उनिहरु गठबन्धको कार्यकर्ता हुन सक्ने स्थानीयको भनाई छ ।

मौन अवधी चलिरहेको समयमा बुधबार राती नेपाली कांग्रेस बडिगाड गाउँकमिटि उपसभापती अर्जुन कुमार पाइजा सहित १५ जनाको हतियार सहितको समूहले बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, नेकपा एमाले बडिगाड गाउँपालिका अध्यक्षका उम्मेदवार राजन कुमार पाइजा, गणेश पाइजा, निमेश आचार्य, किरण सुनार र चन्द्र पाइजालाई आक्रमण गरी घाइते बनाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *