इन्सेकद्वारा मतदान केन्द्र अनुगमन, मानवअधिकार मैत्री मतदानस्थल बनाउन जोड


आदर्श अनलाइन, बागलुङ

मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले स्थानीय तह निर्वाचनको तयारी पुरा भएको बताउनुभएको छ ।

अनौचापरिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेल सहित विभिन्न पर्यवेक्षण संस्थाका प्रतिनिधि सँग कुरा गर्दै उहाँले बिहीबार यस्तो बताउनुभएको हो ।
मुख्य निर्वाचन अधिकृत न्यौपानेले जेष्ठ नागरिक, अपाङ्गता भएका, गर्भवती र सुत्केरी मैत्री मतदान स्थल निर्माण गर्न व्यवहारिकतामा कठिनाई भएपनि उनिहरुलाई सहज हुने गरि मतदान गर्ने वातावरण बनाइएको बताउनुभयो ।

भौगोलिक रुपमा विकट बागलुङ जस्तो जिल्लामा उम्मेदवारलाई मात्र सवारी साधन पासको व्यवस्था हुँदा अपाङ्गता भएका, जेष्ठ नागरिक र गर्भवती मताधिकार प्रयोग गर्नबाट बञ्चीत हुनसक्ने अवस्था आएको प्रति इन्सेकले मुख्य निर्वाचन अधिकृतलाई ध्यानकर्षण गराएको थियो ।
मुख्य निर्वाचन अधिकृत न्यौपानले निर्वाचन आयोगको परिपत्र अनुसार पासको व्यवस्था गरिएको भन्दै महिला, पुरुष र जेष्ठ नागरिक अपाङ्गता भएकाको लागि तीनवटा लाइनको व्यवस्था गरेर मतदान गर्ने व्यवस्था मिलाईएको बताउनुभयो ।


जिल्लाका १ सय ३ मतदान स्थलका २ सय ३० मतदान केन्द्रलाई सामान्य, संवेदनशिल र अति संवेदनशिल गरि तीन भागमा बाँडेर सुरक्षा व्यवस्था कडा गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो । उहाँका अनुसार ५९ मतदान केन्द्र सामान्य, २३ संवेदनशील र २१ अति संवेदनशील रहेका छन् । अनुगमनमा गएको इन्सेक नियोक गण्डकी प्रदेश र जियोकको टोलालाई प्रमुख जिल्ला अधिकारी ढकालले शान्तिपूर्ण निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल, इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्त, इन्सेकका पर्यवेक्षक खेमराज गौतम, नियोक गण्डकी प्रदेशका सचिव विना शिलवाल, पर्यवेक्षक प्रकाश बराल लगाएतको टोलीले बालमन्दिर मतदान केन्द्रको अनुगमन गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *