बागलुङ नगरपालिका १ मा काँग्रेसका जयबहादुर विजयी

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१ को वडा अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका जयबहादुर केसी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार दुर्गे सार्कीलाई ८ मतले पराजित गर्दै केसी निर्वाचित भएका हुन् । केसीले ४ सय ७४ मत प्राप्त गरेका छन् भने सार्कीले ४ सय ६६ मत प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा नेकपा एमालेका शान्तीदेवी शर्मा, दलित महिला सदस्यमा नेकपा एमालेकी टिकादेवी सार्की, खुल्ला सदस्यमा नेकपा एमालेका सोमबहादुर बोहरा र कृष्णबहादुर कार्की विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *