गलकोट नगरपालिका २ र १० मा गठबन्धनको प्यानल विजयी

थम्मन थापा, बागलुङ
गलकोट नगरपालिका वडा नं २ नरेठाँटीमा ५ दलिय गठबन्धनको प्यानल भारी मतान्तर सहित विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय गलकोटका अनुसार गलकोट नगरपालिका वडा नं २ मा ५ दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार हिम बहादुर भण्डारी (हेमन्त) सहितको प्यानल विजयी भएको छ । भण्डारीले ७ सय ६३ मत प्राप्त गरि विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका टंक कार्कीले ३ सय ८५ मत प्राप्त गरेका छन ।

त्यस्तै खुल्ला सदस्य उमेश नेपालीले ७ सय २, रुद्र सिंह श्रीसले ६ सय ५४, महिला सदस्य मिना श्रीसले ७ सय ८३ र दलित महिला सदस्य ज्ञानु परियारले ७ सय ७९ मत प्राप्त गरेका छन ।

यता गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा पनि ५ दलीय गठबन्धनको प्यानल भारी मतान्तर सहित विजयी भएको छ । ५ दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार भक्त बहादुर काउचा सहितको प्यानल विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । काउचाले ९ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका राम प्रसाद पुर्नले १ सय २८ मत प्राप्त गरेका छन । त्यस्तै खुल्ला सदस्य कुमार पुनले ९ सय ३०, हरी काउचाले ९ सय २५, महिला सदस्य मन कुमारी श्रीसले ९ सय ६१ र दलित महिला सदस्य करिश्मा परियारले ९ सय ६७ मत प्राप्त गरेका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *