बागलुङमा नेकपा एसले खाता खोल्यो, ३० मतले विजयी


आदर्श अनलाइन, बागलुङ

बागलुङमा नेकपा एसले खाता खोलेकोछ । बागलुङ नगरपालिका–२ को वडा अध्यक्षमा गठबन्धबाट नेकपा एसका सुरज बोसेलले ३० मतान्तरले वडा अध्यक्षमा विजयी हुनुभएको छ । बोसेलले ४२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम बहादुर जिसीले ३९८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै स्वतन्त्रबाट कैची चिन्हमा उठ्नुभएको रामराजा गुरुङले १८१ मत प्राप्त गर्नूभएको छ ।
यस्तै महिला सदस्यमा जसोदा शर्मा, दलित महिला सदस्य शान्ति बोसेल, खुल्ला सदस्य अर्जुन घिमिरे र विदेश कुमार श्रेष्ठ बिजयी हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *