बेनी नगरपालिका प्रमुखमा एमालेका सुरत बिजयी


आदर्श अनलाइन, बागलुङ

जिल्लाको बेनी नगरपालिकामा नेकपा एमालेका सुरत केसी नगरप्रमुखमा विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरन्जिवी शर्मालाई १३६३ मतान्तरले पराजित गर्दै सुरत नगरप्रमुख बन्नुभएको छ ।

केसीले ७ हजार ६०३ मत पाउनुभएको छ भने शर्माले ६२४० मत प्राप्त गर्नुभएको थियो ।

नगरउपप्रमखुमा भने गठबन्धबाट माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेल विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा एमालेले झिनो मतले नगरप्रमखु गुमाएको थियो । यसपटक केसीले पार्टीको विरसात फिर्ता ल्याउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *