आदर्श सहकारीद्वारा तित्याङमा श्रद्धान्जलीसभा


आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यका आफ्न्तकोे निधनमा दुख व्यक्त गर्दै श्रद्धान्जीसभा सम्पन्न गरेको छ ।

यस सहकारी संस्थाका शेयर सदस्य बागलुङ नगरपालिका–९ तित्याङ निवासी भारतीदेवी थापाकी सासुआमा रत्नकलीथापा मगरको निधन भएको १० औं दिनको पुण्य तिथिमा उहाँकै निवासमा पुगेर श्रद्धान्जली सभा र मृत्युराहत रकम हस्तान्तरण गरिएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्का लगायतले रत्नकली थापाको निधनमा सहानुभुती प्रकट गर्दै मृत्यु राहत रकम समेत परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । १९९७ पुष २६ गते जन्मनुभएको थापाको २०७९ वैशाख २४ गते निधन भएको थियो । आदर्श सञ्चार सहकारीले शेयर सदस्यको निधमा रु. १५ हजार र एकाघरका परिवारका सदस्यको निधनमा रु. पाँच हजार मृत्यु राहत रकम प्रदान गर्दै आए अनुसार रु. पाँच हजार रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *